कारोबार


खल्तीको भुक्तानी जात्रामा ५ लाख प्रयोगकर्ताले गरे धेरै कारोबार

खल्तीको भुक्तानी जात्रामा ५ लाख प्रयोगकर्ताले गरे धेरै कारोबार

नेपालखबर
साउन १०, २०७९ मंगलबार १५:१९, काठमाडौँ

खल्तीले जेठ १२ देखि गत असार ३२ सम्म आयोजना गरेको ५२ दिने भुक्तानी जात्रामा धेरै संख्यामा कारोबार भएको छ। 

कम्पनीका अनुसार  द बिगेस्ट पेमेन्ट जात्रा अफरमा सफलतापूर्वक ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोडभन्दा बढी संख्यामा कारोबार गरेका छन्। 

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ  खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आइरहेको छ। 

यही शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको थियो। 

यो अफरअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए। 

साथै हरेक दिन १ बजे देखि सुरु हुने फायरसेलअन्तर्गत २ लाख भन्दा बढी  प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५० प्रतिशतसम्म क्यास्ब्याक प्रदान गरिएको थियो। 

अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा ‘बजाज पल्सर एनएस १६० एबीएस’ तीन भाग्यशाली विजेताले लक्की ड्रमार्फत प्राप्त गरेको खल्तीले जनाएको छ। 

यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिकको ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट १ रुपैयाँमा, ५२ वटा स्मार्टब्यान्ड लक्की ड्रमार्फत प्राप्त गर्दा निकै खुसी महसुस गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .