उत्कृष्ट डिजाइन र अन्तर्राष्ट्रिय गुणस्तरका बाथवेयर तथा सेनिटेरी वेयरका उत्पादक ‘बाथको’ले धनुषाको मिथिला नगरपालिकाको केन्द्र ढल्केबरमा आफ्नो नयाँ डिलर शोरुमको उद्घाटन गरेको छ।
ढल्केबरमा सञ्चालित जय अम्बे हाडवेयर एण्ड अर्डर सप्लायर्सले ।‘बाथको’ प्रोडक्टको शोरुम सञ्चालनमा ल्याएको हो।
यही साउन १४ गते भएको एक कार्यक्रममा ‘बाथको’का प्रबन्धनिर्देशक विकास कुमार झाले उक्त शोरुमको शुभारम्भ गरेका हुन्।
ढल्केबरमा शोरुमको उद्घाटन गर्दै झाले मधेश प्रदेशमा जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्स बाथको नेपालको दोस्रो आधिकारिक बिक्रेता रहेको जानकारी दिए । यसअघि यो प्रदेशमा पहिलो पटक बाराको कलैयामा ‘बाथको’को डिलर्स सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
उक्त उद्घाटन कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष एवम् जय अम्बे हार्डवेयर एण्ड अर्डर सप्लायर्सकै सञ्चालक तेजनारायण साह, सोही कम्पनीका अर्का सञ्चालक सुनिल सिंह, मिथिला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरु तथा अन्य स्थानीय व्यापारी समेतको उपस्थिति थियो।
भारतमा निर्माण हुने ‘बाथको’ ब्राण्डको नेपालको होल डिस्ट्रिब्युटर्स बाथको नेपाल कम्पनी रहेको छ । विगत ९ महिनादेखि बाथको नेपाल कम्पनीले उक्त ब्राण्डका सामाग्रीहरु भारतबाट नेपाल निर्यात गर्दै आइरहेको छ र नेपालमा एक गुणस्तरीय, मल्टिनेशनल ब्राण्डका रुपमा आप्mनो पहिचान बनाउँदै आएको छ।
अहिले देशका मूख्य सहरहरुमा आधिकारिक बिक्रेता राखेर विक्री वितरणमा ल्याइएको ‘बाथको’ प्रोडक्टलाई विस्तार गरिरहेको कम्पनीको भनाइ छ। प्रबन्धनिर्देशक झाका अनुसार हाल काठमाडौं, पोखरा, धरान, विराटनगर, विर्तामोड लगायतको प्रमुख शहरहरुमा ‘बाथको’को आधिकारिक बिक्रेता तोकिएको छ।
ग्राहकहरुलाई सुविधा दिन दुई ठाउँबाट वितरण गर्ने लक्ष्यका साथ कम्पनीको डिपो वीरगंज र काठमाडौं मा राखिएको छ। ‘बाथको’ले उत्पादन गर्दै आएको ब्रासबाट निर्मित सेनिटरी वेयर, बाथ फिटिब्स, बाथ एक्सोसेरिजसहितका
सामग्रीहरुको ११ वर्षको वारेन्टी रहेको झाको भनाइ छ।
Shares
प्रतिक्रिया