कारोबार


एनआईसी एसिया बैंकले माग्यो विभिन्न पदहरुमा कर्मचारी (भ्याकेन्सीसहित)

एनआईसी एसिया बैंकले माग्यो विभिन्न पदहरुमा कर्मचारी (भ्याकेन्सीसहित)

नेपालखबर
साउन १८, २०७९ बुधबार १५:४३, काठमाडौँ

के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? के तपाईंमा असम्भव भन्ने कुरा नै हुदैन भन्नेमा विश्वास छ ? के तपाईं अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईं सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एन आई सी एशिया बैंकले तपाईंको खाेजी गरिरहेको छ।

बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको हो। 

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको बैंकले जनाएको छ।

बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ। यसका लागी इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies वा दिइएको QR Scan गरी २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .