ad ad

कारोबार


‘सीएनआई रोजगार तथा सीप मेला’ आयोजना हुने

‘सीएनआई रोजगार तथा सीप मेला’ आयोजना हुने

नेपालखबर
साउन २४, २०७९ मंगलबार २२:५६, काठमाडौँ

नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सीएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना हुने भएको छ । 

आगामी कात्तिक १७ देखि २० गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने मेलामा दुई सयभन्दा बढी कम्पनी र ५० हजारभन्दा धेरै मानिसहरु सहभागी हुने आयोजकको दाबी छ । 

मेलाले विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकाहरुलाई एकै ठाउँमा आबद्ध गर्न पुलको काम गर्नेछ । यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल पनि हुनेछ । नेपालमा हरेक वर्ष न्यूनतम पाँच लाख व्यक्तिहरु रोजगारीको खोजीमा हुन्छन् । 

चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्यकताअनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ । 

यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामञ्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर मेलाको आयोजना गर्न लागिएको हो । 

मेलापश्चात् बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने, सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुको आवश्यकतामा काम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने जस्ता उपलब्धि हासिल गर्न सकिने आयोजकको अपेक्षा छ । 

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहनेछ । साथै मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा बृहत् छलफल, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति र आफ्नो क्षमताअनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क÷छलफल गर्न सकिनेछ ।

तीन दिने मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमूलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजारभन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरेको आयोजको भनाइ छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .