कारोबार


हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले सुरु गरे दुईवटा नयाँ कार्ड, ग्राहकलाई विभिन्न छुट

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले सुरु गरे दुईवटा नयाँ कार्ड, ग्राहकलाई विभिन्न छुट

नेपालखबर
साउन २५, २०७९ बुधबार १५:४३, काठमाडौँ

हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सेवा सुरु गरेका छन्। 

दुई संस्थाको सहकार्यमा दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमानहरु खरिद गर्ने खरिदकर्ताहरु तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरी जारी गरिनेछ। 

उक्त कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाई आफ्नो खर्चहरु व्यवस्थापन सहज बनाउन सक्नेछन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अमेरिकन एक्स्प्रेससँग हिमालयन बैंकको लामो समयदेखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याई उक्त सम्बन्धलाई निरन्तरता दिनसकेकोमा खुसी व्यक्त गरे। उक्त कार्डहरुले तथा विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरि प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने उनको भनाइ छ। 

अमेरिकन एक्स्प्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख, नेटवर्क पार्टनरसिप दिव्या जैनले नेपालमा अमेरिकन एक्स्प्रेसको दुईवटा नयाँ कार्डहरुको सेवा सुरु गर्न पाउँदा उत्साहित भएको बताइन्। 

दुवै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामानहरु खरिदमा उच्चतम लाभको अनुभुति गराउने उनले बताइन्। 

यो कार्डहरुको सेवा शुभारम्भ नेपालमा गरिने भ्रमण तथा चाडपर्वको समयसँग मिल्ने भएकोले पनि कार्ड प्रयोगकर्ताहरुले पूर्णरुमा विभिन्न लाभका अवसरहरु लिन सक्ने बैंकले जनाएको छ। उच्च शिक्षा अध्ययनको लागि पनि यही समयमा विद्यार्थीहरु विभिन्न मुलुकका विश्वविद्यालयहरुमा जाने भएकोले पनि उनीहरुलाई विशेष फाइदा पुग्ने बैंकले जनाएको छ। 

यी दुवै कार्डका प्रयोगकर्ताहरुले आकर्षक नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्नेछन्। हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरेबापत ०.५० प्रतिशत वा बढीमा ३ हजार रुपैयाँ प्रतिवर्षसम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्नेछन्। 

त्यसै गरी हिमालयन बैंक अमेरिकन एक्स्प्रेस  प्रिपेड कार्ड प्रयोगकर्ताहरु विशेष गरी विदेश भ्रमण र उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी लगायत स्थानीय कारोबार गरेबापत ०.५० प्रतिशत वा बढीमा २ हजार ४ सय रुपैयाँ प्रतिवर्ष सम्म नगद फिर्ता (क्यास ब्याक) प्राप्त गर्न सक्नेछन्।

यसबाहेक भ्रमण र खरिदका लागि लाभहरु रहेको बैंकले जनाएको छ। यसअनुसार हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्डका प्रयोगकर्ताहरुले क्लब हिमालयमा कम्तीमा २ रातको बुकिङ्ग गर्दा होटलकातर्फ बाट १ रात निःशुल्क प्राप्त गर्न सक्नेछन्। त्यस्तै युनाइटेड कलर्स अफ बेनेटनमा सामान खरिद गर्दा १० प्रतिशत छुट, स्पोर्टस प्लाजाका सम्पूर्ण सामानहरुमा १५ प्रतिशत छुट, मिसियोमा ३३ प्रतिशत छुट र एपिक माउन्टेन बाइक्समा १० प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिनेछ। 

बैंकका अनुसार कार्ड प्रयोगकर्ताहरुले संसारभरका लाउन्जबडी लाउन्जेजमा प्रवेश पाउनेछन्। रेन्टलकार्स डटकमबाट बुकिङ्ग गर्दा १० प्रतिशत छुट र एभिस कार्समा बुकिङ्ग गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ। 

यस्तै, हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड प्रयोगकर्ताहरुले स्पोर्ट्स प्लाजाका सम्पूर्ण सामानहरुमा १५ प्रतिशतसम्मको छुट, मिसियोमा ३३ प्रतिशत छुट र बुकिङ डटकममा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .