कारोबार


महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सहवितरण शोरुम उद्घाटन

महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सहवितरण शोरुम उद्घाटन

नेपालखबर
भदौ ६, २०७९ सोमबार १४:४९, काठमाडौँ

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सहवितरण शोरुमको शुभारम्भ गरेको छ।

शोरुम उद्घाटन, डिशहोमका तर्फबाट रिजनल सेल्स म्यानेजर जेबी गुरुङ, एरिया सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थिया ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको  न्यू केदार इन्टरप्राइजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ शोरुममार्फत दिनेछ। 

साउन २६ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ।

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको न्यू केदार इन्टरप्राइजले अब अझ बढी ग्राहकहरुमाझ पुग्न पनि यस नयाँ शोरुमले मद्दत गर्ने इन्टरप्राइजका सञ्चालक गोकुल देव जोशीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .