कारोबार


ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसीप

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसीप

नेपालखबर
भदौ ८, २०७९ बुधबार १२:५१, काठमाडौँ

ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसीप गरेको छ।

नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न ग्लोकल टिन हिरो आयोजना गरिँदै आएको छ।  

नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएकामध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्।

सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ।

वाइवाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः

  • आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
  • विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
  • दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
  • निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
  • राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
  • सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .