कारोबार


डीजी पेमा आबद्ध व्यवसायीले नाइस टीभीमा डेढ लाखको विज्ञापन सित्तैमा गर्न पाउने

डीजी पेमा आबद्ध व्यवसायीले नाइस टीभीमा डेढ लाखको विज्ञापन सित्तैमा गर्न पाउने

नेपालखबर
भदौ ८, २०७९ बुधबार १४:५२, काठमाडौँ

मोबाइल वालेट कम्पनी डीजी पे प्रालि र नाइस टेलिभिजनबीच सहकार्यको सम्झौता भएको छ। 

टेलिभिजनमार्फत व्यावसायिक प्रवर्द्धनका लागि नेपालमै नौलो खालको सम्झौता भएको हो। 

सम्झौताअनुसार डीजी पेको व्यावसायिक आबद्ध योजनाअनुरुप कम्पनीसँग आबद्ध हुने व्यवसायीले नाइस टेलिजिभजनमा एक लाख ५० हजार मूल्यबराबरको विज्ञापन तीन महिनासम्म निःशुल्क गर्न पाउने भएका छन् । साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । 

सम्झौतापत्रमा नाइस टेलिभिजन एच डीका अध्यक्ष आसिर्बाद पुन र डीजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्।

नेपालकै दोस्रो एच डी टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डीजी पेका पाण्डेले बताए । 

‘टेलिभिजनमा विज्ञापन ठूला कम्पनीहरुले मात्र गर्छन् भन्ने हाम्रो मानसिकता छ, यसलाई चिदै अब ठूला साना सबै फर्म तथा पसलले एचडी टेलभिजनमा आफ्नो उत्पादन वा ब्राण्डको विज्ञापन सित्तैमादेखि निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौँ’, पाण्डेले भने, ‘डीजी पेमा आबद्ध हुँदा पाउने प्याकेज सुविधामा टेलिभजिनमा गरिने अन्य विज्ञापनमा पनि विशेष छुट तथा डीजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौँ।’   

नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नाइस टेलिभिजन एच डीको सामाजिक उत्तरदायित्व योजनाअन्तर्गत डीजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार बिस्तार र सेवाहरुको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट विज्ञापनमार्फत जनमानस प¥याएर लाभ लिन सक्ने बताए । 

टेलिभिजनमा विज्ञापन महँगो हुने भएकाले साना व्यवसायीले गर्न सक्दैनन् भन्ने धारणालाई यो सम्झौताले फेरिदिएको पाण्डेको भनाइ छ। 
‘अब यो सहकार्य अनुसार ठूूलादेखि साना व्यवसायीले पनि आफ्नो विज्ञापन टेलिभिजनमा प्रति महिना रु पचास हजारका दरले तिन महिनाको लागि निशुल्क गर्न पाउनेछन्’, उनले भने । 

यसअघि डीजी पेले स्टार अस्पतालसँग पनि सहकार्य सुरु गरिसकेको छ । जस अनुसार डीजी पेका ग्राहकले स्टार अस्पतालमा विभिन्न छुटको व्यवस्था गरिएको छ । डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .