कारोबार


‘आईसीटी अवार्ड’को मनोनयन बुझाउने बुधबार अन्तिम दिन

‘आईसीटी अवार्ड’को मनोनयन बुझाउने बुधबार अन्तिम दिन

नेपालखबर
भदौ १३, २०७९ सोमबार १२:१२, काठमाडौँ

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) यही भदौ १५ गते बुधबारसम्म बुझाउन सकिनेछ।  

लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आईसीटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड‘ पनि आयोजना हुनेछ।

यसैगरी नेपालको लागि स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु छन्। प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन्।

यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन्। अवार्डमा नोमिनेशन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम बुझाउनुपर्ने हुन्छ।

आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढी डिजिटल स्टार्टहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना हुनेछ। विभिन्न १२ विधामा हुने छनौट प्रकृयाको लागि १२ जना विज्ञ जुरी सदस्य र १५ बढि विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ।

आईसीटी अवार्ड प्रविधिको क्षेत्रमा काम गर्ने व्यत्ति, सस्था, कम्पनी, विद्यार्थी र इन्नोभेसनहरुलाई सम्मान र प्रोत्साहन गर्ने नेपालको सबैभन्दा भब्य र प्रतिष्ठित प्लाटफर्म हो। यसमा सहभागी स्टार्टअप, इन्नोभेटर र नयाँ प्रोडक्टहरु विकास गरेका व्यत्ति तथा सस्थालाई विभिन्न किसिमले सहयोग गर्ने, लगानीको वातावरण बनाउने र अन्तर्राष्ट्रिय प्लाटफर्महरुमा समेत सहभागी गराउँदै स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। 

यसैगरी डिजिटल गर्भनेन्स, एजुकेसन र सर्भिसेस मार्फत डिजिटल रुपान्तरण र यसको इकोसिस्टमको विकासमा योगदान दिइरहेको आयोजकले जनाएको छ। अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन्। स्टार्टअप विधाका विजेताले १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन्। यस कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुको सहकार्य रहदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .