कारोबार


दराजले आईसीटी अवार्डको लागि ‘इकमर्स पार्टनर’को रुपमा सहकार्य गर्ने

दराजले आईसीटी अवार्डको लागि ‘इकमर्स पार्टनर’को रुपमा सहकार्य गर्ने

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १४:४१, काठमाडौँ

‘आईसीटी अवार्ड’को सातौँ संस्करणका लागि इकमर्स कम्पनी दराजले सहकार्य गर्ने भएको छ। 

बुधबार दराज नेपालकी प्रबन्धनिर्देशक आँचल कुँवर र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

आईसीटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’को रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इन्नोभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवर्द्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ । 

दराज नेपालको अग्रणी इकमर्श कम्पनी हो, जसले अनलाइन मार्केटप्लेसको रुपमा देशैभर सेवा प्रदान गरिरहेको छ। दराजमा २० हजारभन्दा बढी बिक्रेताहरु समावेश भएका छन्। दराजले यही शनिबार भृकुटीमण्डपमा दशैँ महोत्सव आयोजना गर्दैछ भने अन्य दराज समिट लगायतका कार्यक्रम र क्याम्पियहरु पनि आयोजना गर्दै आइरहेको छ। 

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्डको सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ। यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुँदै छ। 

नेपाली स्टार्टअप तथा इन्नोभेसनहरुको लागि स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधाहरु रहेका छन्। प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ।

आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .