ad ad

कारोबार


बिजी होल्डिंग्सले प्राप्ति गर्‍यो अनलाइन सपिङ प्लेटफर्म ‘ग्यापु’

बिजी होल्डिंग्सले प्राप्ति गर्‍यो अनलाइन सपिङ प्लेटफर्म ‘ग्यापु’

नेपालखबर
असोज २४, २०७९ सोमबार २२:५९, काठमाडौँ

लकडाउनदेखि सुरु भएको नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमलाई बिजी होल्डिङले अक्वायर (प्राप्ति) गरेको छ । 

ग्यापुले अहिले नेपालभरि नै सामान डेलिभरी गर्दै आएको छ । ग्यापुले घरायसी सामग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामग्री देशैभरि डेलिभर गरिरहेको छ । 

‘बर्न इन लकडाउन रेज इन लकडाउन’ नारा रहेको ग्यापु मार्केटप्लेसले अहिले दैनिक सात सयभन्दा बढी अर्डरहरु नेपालभर पु¥याइरहेको छ । ग्यापुलाई बिजी होल्डिङले अक्वायर गरेसँगै ग्यापुका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काले आफ्नो पद छोडेका छन् । साथै बिजी होल्डिङले ग्यापुका अपरेसन हेड सुजनी केसीलाई डेप्युटी सीईओको रुपमा नियुक्त गरेको छ । 

हाल ग्यापुमा हजार बढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । 

स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत तीन हजार पाँच सयभन्दा बढी भेन्डर्स र दुई लाख १५ हजार बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .