ad ad

कारोबार


हुण्डाईद्वारा विश्वकप २०२२ लक्षित ‘टेष्ट ड्राइभ क्याम्पेन’को विजेता घोषणा

हुण्डाईद्वारा विश्वकप २०२२ लक्षित ‘टेष्ट ड्राइभ क्याम्पेन’को विजेता घोषणा

नेपालखबर
असोज २५, २०७९ मंगलबार १६:४५, काठमाडौँ

हुण्डाई गाडीहरुको नेपालकालागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुन्डाई टेस्ट ड्राइभ, वाच लाइभ फिफा वर्ल्डकप २०२२’को विजेता घोषणा गरेको छ। 

यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउने कम्पनीले जनाएको छ।

११ अक्टोबर २०२२ मा यसको लक्की ड्र गरिएको थियो। सोमा २ जना विजेताहरु छनौट भएका हुन्।

शेर बहादुर जि.सी र हस्तमाया गुरुङ्ग विजेता घोषित भएका हुन्। दुवैले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाई नेपालले व्यहोर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .