ad ad

कारोबार


चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आईएमई लाइफ इन्स्योरेन्सले सेयर पुँजी थप्ने

चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आईएमई लाइफ इन्स्योरेन्सले सेयर पुँजी थप्ने

नेपालखबर
असोज २६, २०७९ बुधबार १७:६, काठमाडौँ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। २६ गते सम्पन्न साधारणसभाले चुक्ता पुँजी ५ अर्ब पुर्‍याउन आवश्यक तयारीका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ। 

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो। सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ। 

जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्याउनुपर्ने प्रावधान बीमा समितिले ल्याएको छ। सोहीबमोजिम कम्पनीले पुँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशतबराबरको सेयर पुँजी थप गर्ने, सेयर पुँजी थप भएपश्चात् सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्काशन गर्ने लगायत कम्पनीको प्रबन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरुउपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ।

सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान /आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो।

कम्पनीले सातै प्रदेशमा शाखा सन्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरुमार्फत सेवा उपलब्ध गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .