ad ad

कारोबार


हिमालयन बैंकको निःशुःल्क आँखाशिविर र रक्तदान कार्यक्रम

हिमालयन बैंकको निःशुःल्क आँखाशिविर र रक्तदान कार्यक्रम

नेपालखबर
माघ ११, २०७९ बुधबार १४:३७, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको तीसौँ वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डेसनको सहकार्यमा बैंकले उक्त कार्यक्रम गरेको हो।  

डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा यही माघ ४ देखि ६ गतेसम्म निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको बैंकले जनाएको छ।

उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परीक्षण गराए भने २६ जनाले निःशुल्क मोतीयाविन्दु र जलविन्दुको शल्यक्रिया गराई लाभ लिएका थिए । 

यसैगरी रक्तदान–जीवनदान भन्ने मूलमन्त्रलाई मनन गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा ७ गते कमलादीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान  कार्याक्रममा उपत्यकाभित्र र बाहिर गरी २०० जनाभन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .