ad ad

कारोबार


भिभोको वाई०२ स्मार्टफोन नेपालमा, मूल्य १२ हजार ४९९

भिभोको वाई०२ स्मार्टफोन नेपालमा, मूल्य १२ हजार ४९९

नेपालखबर
माघ १५, २०७९ आइतबार १३:४६, काठमाडौँ

भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ। 

यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले जनाएको छ। 

वाई०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम + ३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ। 

यो स्मार्टफोन १२ हजार ४९९ रुपैयाँमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

वाई०२ मा ६.५१ इन्चको एजडी+ डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ।

यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ।

यो स्मार्टफोन दुई सुन्दर रंगहरू – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ। वाई०२ स्मार्टफोन युवा उपभोक्ताहरूको व्यस्त जीवनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो जसले उनीहरूको दैनिकीलाई सहज बनाउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .