ad ad

कारोबार


कोका–कोलाले ल्यायो चार्ज्ड, थपियो बेरी बोल्टको नयाँ स्वाद

कोका–कोलाले ल्यायो चार्ज्ड, थपियो बेरी बोल्टको नयाँ स्वाद

नयाँ उत्पादन सार्वजनिक गर्दै कोका-कोला। तस्बिर : सरोज बैजू/नेपालखबर


नेपालखबर
फागुन २, २०७९ मंगलबार १४:४६, काठमाडौँ

पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ। 

सोमबार एलओडीमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा यस नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो। 

यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्दछ। चार्ज्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको छ –बेरी बोल्ट ।

आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली युवाहरुका आफ्नै महत्वाकांक्षाहरु रहेको र उनीहरुलाई आफ्नो आकांक्षा पूरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित नयाँँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएको बताए। 

उनले भने, ‘यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ।’

त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढेको बताए। 

‘चार्ज्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ’, उनले थपे। 

चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटीटीलगायत अन्य डिजिटल माध्यमहरुमा पनि टीभीसी देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन्। 

युवाहरुलाई सक्रिय रहन र आफ्नो उद्देश्य प्राप्ति गर्नको लागि हरदम सकृय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटीहरु पनि देखाइएको छ।

चार्ज्ड नेपालभरका किराना पसललगायत डिपार्ट्मेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइक गर्न मिल्ने पेट बोटलमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .