ad ad

कारोबार


गोर्खा डिपार्टमेन्ट स्टोरको सञ्चालन आय १ अर्ब १३ करोड

गोर्खा डिपार्टमेन्ट स्टोरको सञ्चालन आय १ अर्ब १३ करोड

नेपालखबर
फागुन ८, २०७९ सोमबार १३:२८, काठमाडौँ

गोर्खा डिपार्टमेन्ट स्टोरको सञ्चालन आम्दानी १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष ५४ करोड रुपैयाँमा सीमित रहेको आम्दानी ह्वात्तै बढेको हो। 

आर्थिक वर्ष २०७६/०७७ मा गोर्खा स्टोरले ९२ करोड रुपैयाँ सञ्चालन आय गरेको थियो। सन् १९९९ मा स्थापना भएको खुद्रा विक्रेताले पूर्वी नेपालमा मुख्य सहरमा स्टोर सञ्चालन गर्दै आएको छ। 

बलराम आचार्य गोर्खा स्टोरका प्रबन्धनिर्देशक हुन् भने अन्जु आचार्य खत्री सञ्चालक छिन्। कम्पनीको कारोबार बढे पनि कर, ब्याज, अवमूल्यन बाहेकको नाफा घटेको छ। 

२०७७/०७८ मा २४.५६ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष ९.४८ प्रतिशत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .