ad ad

कारोबार


सय आउटलेटबाट ४ हजारवटामा विस्तार भएको सीजीफिन्कोका २० वर्ष

सय आउटलेटबाट ४ हजारवटामा विस्तार भएको सीजीफिन्कोका २० वर्ष

नेपालखबर
चैत १५, २०७९ बुधबार १४:२, काठमाडौँ

चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्ष सफलतापूर्वक पूरा गरेको अवसरमा आफ्ना ग्राहकहरूप्रति सम्मान व्यक्त गरेको छ।

२०औँ वार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको आधार आफूमाथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान व्यक्त गरेका हुन्।

उक्त अवसरमा अध्यक्ष चौधरीले आफ्नो पहिलो बिजनेसका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो बिजनेस करियरमा कोशेढुंगााको काम गरेको स्मरण गर्दै नयाँ लगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफूलाई प्रोत्साहन मिल्ने गरेको बताए।

सीजीफिन्को आज नेपालमा वैदेशिक मुद्रा भित्र्याउने जिम्मेवारीमा अब्बल साबित हुँदै आएको र विदेशमा रहेका ग्राहकका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा पनि सन्तोष व्यक्त गरे।

‘सीजीफिन्कोले मेरो बिजनेस करियरमा खास महत्व राख्छ। मलाई लाग्छ २० वर्षअघि सीजीफिन्कोको  स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आज विप्रेषण उद्योग नेपालको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’, चौधरीले भने।

विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय सस्थामात्र नभई सीजीफिन्कोले गैरकानुनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्त्वपूर्ण योगदान गरिरहेको उनले बताए। साथै, आगामी दिनमा सीजीफिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको जानकारी पनि उनले दिए।

‘आगामी दिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिँदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउनेछ’, अध्यक्ष चौधरीले भने।

कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदरपत्र प्रदान गरेको थियो। जस अन्तर्गत, मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडीकेसन अन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्री सिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आशिष कुमार हमाल सम्मानित भए। 

२००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ।

देशभर १०० आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .