ad ad

कारोबार


सानिमा बैंकका विभिन्न कार्डमार्फत भुक्तानी गर्दा दराजमा छुट पाइने

सानिमा बैंकका विभिन्न कार्डमार्फत भुक्तानी गर्दा दराजमा छुट पाइने

नेपालखबर
चैत २७, २०७९ सोमबार १३:४९, काठमाडौँ

सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य गरेको छ। 

यो योजना यही चैत २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

उक्त सहकार्यबमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक डेबिट÷क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ।

यसअनुसार सानिमा डोमेस्टिक डेबिट कार्डबाट भुक्तानी गर्दा ८ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ छुट पाइनेछ। सबै सामानमा यो छुट लागू हुनेछ। 

त्यसैगरी डोमेस्टिक क्रेडिट कार्डमा १० प्रतिशत वा अधिकतम ५ सय छुट पाइनेछ। यता सानिमा डोमेस्टिक डेबिट या क्रेडिट कार्डमा २० प्रतिशत वा २ सयसम्म छुट पाइनेछ।

यो छुट भने वैशाख २ देखि ७ गतेसम्म पाइने जनाइएको छ। यो छुट विशेष वर्गका सामानहरुका लागि मात्रः स्वस्थ्य र सौन्दर्य, फेसन, जीवनशैली, अडियो र पहिरनका खरिदमा पाइनेछ। 

ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ। सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .