ad ad

कारोबार


केन्ट आरओको नयाँ वर्ष अफर

केन्ट आरओको नयाँ वर्ष अफर

नेपालखबर
बैशाख १३, २०८० बुधबार १४:०, काठमाडौँ

केन्ट ब्रान्डको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। 

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै यो नयाँ वर्ष स्वास्थ्य र शुद्धतासँग सुरुवात गर्नुहोस् भन्ने नारासहित अफर ल्याएको हो। 

यसअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा भ्याक्यूम फ्लास्क/भेजिटेबल चपर र अरु कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत दुबई घुम्ने सुनौलो मौका पाउनेछन्। यो ग्राहक योजना चैत ३० देखि नै लागू भइसकेको र सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार आज सफा पिउने पानीे आवश्यकता बनेको छ। प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन्। तपाईंले पिउने पानीमा उच्च टीडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ। 

साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरूमार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ। पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसैले, केन्ट आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको छ। 

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .