राजनीति


आफ्ना समर्थकले गाली गरेकी किशोरीसँग रविले घुँडा टेकेर माफी मागे (भिडिओ)

आफ्ना समर्थकले गाली गरेकी किशोरीसँग रविले घुँडा टेकेर माफी मागे (भिडिओ)

नेपालखबर
बैशाख १३, २०८० बुधबार १४:५, काठमाडौँ

उपनिर्वाचनको संघारमा एक भिडिओमा नेपाली कांग्रेसलाई भोट हाल्छु भनेपछि आफ्ना  समर्थकहरूले सामाजिक सञ्जालमा गाली गरेकी किशोरीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले माफी मागेका छन्।

बुधबार बिहान किशोरीको घरमै पुगेर रविले घुँडा टेकेर माफी मागेका हुन्।

उपनिर्वाचनको चुनावी प्रचार चलिरहँदा एक युट्युबरले सोधेको प्रश्नमा ती किशोरीले आफूले रुखमा भोट हाल्ने बताएकी थिइन्। उनले अरुलाई जसलाई भोट दिन मन लाग्छ दिन मिल्ने तर आफू घण्टीमा नभई रुखमा भोट हाल्ने बताएकी थिइन्।

उक्त भिडिओ सार्वजनिक भएपछि रास्वपा समर्थकहरूले उनीमाथि सामाजिक सञ्जालमा अश्लिल गाली गरेका थिए।

समर्थकले गल्ती गरेको भन्दै चुनाव जितेपछि रवि किशोरीको घरमै पुगेका हुन्। रास्वपाले आफ्नो पेजमा सार्वजनिक गरेको उक्त भिडिओमा रवि भन्छन्, 'हामी कसैलाई अपमान गर्दैनौं। हाम्रा दुश्मन छैनन्। हामीलाई खबरदारी गरिरहनु होला। विगत केही दिनदेखि सामाजिक संजालमा यहाँमाथि जसले गाली गलौज गरेको भएपनि हामी क्षमा माग्दछौँ।'

उनले आफूलाई लागेको कुरा निर्धक्क भन्न पाइने पनि ती किशोरीलाई आश्वस्त पारे। मन नपर्दा विरोध गर्न पाइने बताउँदै उनले भने, 'सरी नानु। म यसरी बसेर सरी भन्छु, तपाईं छोरी जस्तो बहिनी जस्तो मान्छे। जसले गाली गरे पनि मैले भनेर गरेको होइन। मलाई थाहा पनि छैन। जसले गाली गरेको भए पनि उनीहरूको तर्फबाट म माफी माग्छु।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .