कारोबार


नेपाल ल्युब आयलले पारित गर्‍यो ३० प्रतिशत लाभांश

नेपाल ल्युब आयलले पारित गर्‍यो ३० प्रतिशत लाभांश

नेपालखबर
पुस २५, २०८० बुधबार १७:२९, काठमाडौँ

नेपाल ल्यूब आयल लि.को ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

साधारणसभाले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरु उपस्थित थिए। 

अध्यक्ष चौधरीले देश  र बजारको हालको अवस्था निकै नै गम्भीर रहेकाले सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए। 

‘संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ’, उनले भने, ‘नेपाल ल्युब आयल लिमिटेड यही विचारधारामा अगाडि बढिरहेको छ र रहनेछ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन्।’ 

बैठकपछि कम्पनीको कार्यसम्पादनबाट सेयरधनीहरु निकै उत्साहित देखिन्थे।  

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ। 

गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो। गल्फ लुब्रिकेन्टस नेपालमा मुख्य रुचाइएको ब्राण्डको रुपमा चिनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .