ad ad

कारोबार


स्थापनाको १५औँ वर्ष : इसेवाले ल्यायो १५ दिनका लागि पन्ध्रै अफर

स्थापनाको १५औँ वर्ष : इसेवाले ल्यायो १५ दिनका लागि पन्ध्रै अफर

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:४, काठमाडौँ

भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको हो। 

नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न इसेवाले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ।

१५औँ वार्षिक उत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो अवस्थामा आउन सहयोग गर्ने आम इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी,प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गरे।

‘हामीले आगामी दिनमा इसेवाको मोबाईल एप्स्लाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ, मलाई आशा छ- डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ’, उनले भने। 

१५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको कम्पनीले जनाएको छ। हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू छन्।

इसेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ। प्राय:जसो प्रत्येक गाउँपालिकाका हरेक वडामा पुग्न सफल भइसकेको कम्पनीको दाबी छ।

यस्ता छन् १५ औँ वार्षिक उत्सवका १५ अफर
यसैबीच इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ।

यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ । अफर अन्तरगत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन्।

यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५  मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन्। यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ।

यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन्।

इसेवाले यी लगायत विभिन्न अफरहरू सार्वजनिक गरेको छ। इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .