ad ad

कारोबार


परिष्कृत भएर आयो एनसेल एप : थपिए यी विशेषता, कसरी चलाउने?

परिष्कृत भएर आयो एनसेल एप :  थपिए यी विशेषता, कसरी चलाउने?

नेपालखबर
फागुन १३, २०८० आइतबार १९:२, काठमाडौँ

एनसेलले आफ्नो एनसेल एपलाई अझै परिष्कृत गरेको छ। योसँगै अब ग्राहकले विविध जानकारीहरुमा सजिलै पहुँच पाउने कम्पनीले जनाएको छ।  

एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एपको नयाँ भर्सन सञ्चालनमा ल्याएको हो। ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरुको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धताबमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरुमार्फत एपलाई अपडेट गरिएको हो। 

ग्राहकहरुले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन्। मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विशेषताका कारणहरुले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो रहेको कम्पनीले जनाएको छ। 

ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरुपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन्। यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरुको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिन्छ। 

कम्पनीले भनेको छ, ‘ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन्।’

यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरुको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्छन् र आफुलाई मनपर्ने प्याकहरुलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन्। 

मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ।

त्यसैगरी यस एपमा थप सुधार गरिएको ग्राहक सेवाले ग्राहकका जिज्ञासाहरु तदारुकताकासाथ सम्बोधन गरिएका तथा आवश्यक सहयोग प्रदान गरिएको सुनिश्चित गर्दछ। 

एनसेलका अनुसार छोटा वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरुका लागि पनि यो एप एकदमै सहयोगी रहेको छ । किनकि एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरु किन्ने कार्यहरु गर्दै विदेश भ्रमणका बेला पनि सहज रुपमा सम्पर्कमा रहिरहन सक्छन्।

स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राखेको एनसेलको विश्वास छ। यो स्थानीय नेपाली आईटी प्रतिभाको प्रमाण भएको एनसेलको दाबी छ। 

‘यो एपले डिजिटल नेपाल भिजनका आकांक्षाहरु हासिल गर्न पनि योगदान पुर्‍याउँछ’, कम्पनीले भनेको छ, एनसेल सधैं ग्राहकको अनुभव अभिवृद्धि गर्न र उनीहरूको डिजिटल यात्रालाई सहज बनाउन प्रतिबद्ध रहेको छ।’ 

खल्तीसँगको साझेदारीमा दैनिक क्विज बाहेक एनसेलले समान विचार भएका साझेदार र अग्रणी बैंकहरूसँगको सहकार्यमा एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको जनाएको छ। 

त्यसैगरी, पीआरबीटी सदस्यतालाई सहज बनाइँदै छ र ग्राहकलाई सूचनामा सहज पहुँच प्रदान गर्न एपमा नयाँ तथा लोकप्रिय सामग्री उपलब्ध गराउँन आवश्यक कामहरु भइरहेको छ ।

सजिलै भ्वाइस र डाटा प्याकहरु लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्र्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुचारु गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरु हुन्। 

केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै सञ्चालनमा ल्याइएको करसहित १५० रुपैयाँमा मूल्य सुरु हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुचारु गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .