ad ad

कारोबार


इसेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

इसेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

नेपालखबर
फागुन २५, २०८० शुक्रबार १६:३६, काठमाडौँ

भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रा. लि.ले ग्राहकका लागि विशेष अफर ल्याएको छ। 

अफरअन्तर्गत इसेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउनु सक्नेछन्। 

पुरस्कार राशि नगद ५० हजारबराबरको हुनेछ। यस विशेष अफरको बम्पर पुरस्कार विजेताले नगद ५० हजार रुपैयाँ वा ५० हजारबराबरको ल्यापटप वा ५० हजार बराबरको स्मार्टफोन जित्न सक्नेछन् भने ५ भाग्यशाली विजेताले स्मार्टवाच तथा थप ५ भाग्यशाली विजेताले एयरबड्स जित्न सक्नेछन्। 

यसका साथै इसेवाबाट पहिलो पटक जीवन बीमाको प्रिमियम तिर्ने सबै प्रयोगकर्ताहरूले सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

क्यासब्याक पाउनको लागि इसेवाबाट प्रिमियम तिर्दा 'एलआईएफई१००' प्रोमोकोडको प्रयोग गर्नुपर्नेछ। इसेवाबाट प्रिमियम तिर्ने सबै ग्राहक यो अफरको लागि स्वचालित रुपमा योग्य रहनेछन् भने पुरस्कार जित्नको लागि प्रयोगकर्ताहरूको के.वाई.सी भने प्रमाणित भएको हुनुपर्नेछ।

बम्पर पुरस्कार पुरस्कार विजेताहरूले २५ प्रतिशत राजस्व कर तथा अन्य कुनै पनि सरकारी करहरूका लागि स्वयम् भागीदार हुनुपर्नेछ।

फागुन २० देखि चैत १० सम्म चल्ने यस विशेष अफरको विजेता भने अफर अवधि सकिएपछि फेसबुक लाइफमार्फत गोलाप्रथाबाट छनौट गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .