ad ad

कारोबार


सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प, अन्य के–के अफर?

सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प, अन्य के–के अफर?

नेपालखबर
चैत ४, २०८० आइतबार १३:४६, काठमाडौँ

सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प घोषणा गरेको छ। 

क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नुपरेमा टोल फ्री फोन नं १६६००१०२२११ वा ०१५९७०१२२ मा फोन गरी वा इमेल [email protected] मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ। 

क्याम्पमा कुनै मर्मत सेवा शुल्क नलाग्ने कम्पनीको भनाइ छ। यसबाहेक स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन र नयाँ एसी खरिद गर्दा २० प्रतिशतसम्मको छुट दिइने कम्पनीले उल्लेख गरेको छ। 

‘अफरमार्फत ग्राहकले जुनसुकै ब्राण्डको जुनसुकै अवस्थाको एसी एक्सचेन्ज गर्न सक्नेछन्’, कम्पनीले भनेको छ, ‘अब ग्राहक महानुभावहरुले सीजी इलेक्सको वेबसाइटमार्फत आफैँले आप्mनो सामानको मुल्याङकन गर्न सक्नुहुनेछ।’ 

सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्ने र कर्मचारीहरुले नयाँ एसीहरूको आदानप्रदान र खरिदमा सहयोग गर्ने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .