ad ad

कारोबार


आईएमई पे एपबाट आन्तरिक उडानका रिफन्डेबल टिकट किन्ने बढे

आईएमई पे एपबाट आन्तरिक उडानका रिफन्डेबल टिकट किन्ने बढे

नेपालखबर
चैत ६, २०८० मंगलबार ११:३४, काठमाडौँ

डिजिटल वालेट आइएमई पेले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक  हवाइ टिकट  काट्नेको कुल संख्यामा उल्लेख्य वृद्धि भएको छ।

कम्पनीका अनुसार सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेलमार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको हो ।

आइएमई पे एपमार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ टिकट  काट्दा आन्तरिक हवाइ टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्ने कम्पनीले जनाएको छ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाइ टिकटमा टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .