ad ad

कारोबार


माइडियाका एयर प्युरिफायर किन रोज्ने?

माइडियाका एयर प्युरिफायर किन रोज्ने?

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १४:२०, काठमाडौँ

पछिल्लो समय वायु गुणस्तर घटिरहेको अवस्थामा ग्राहकहरु सचेत छन्। यसका लागि आवश्यक सामानहरु खरिद गर्न चाहनेका लागि माइडिया ब्रान्डको एयर प्युरिफायर उपयुक्त हुने यसको बिक्रेता कम्पनीले जनाएको छ।

चौधरी समूहले आफ्नो ठूलो नेटवर्कमार्फत माइडिया एयर प्युरिफायरको बिक्रीवितरण गर्दै आएको छ।

माइडियाका एयर प्युरिफयारले प्रभावकारी प्युरिफाइ गर्छ। यसमा रहेका हेपा फिल्टरहरूले पीएम२.५ कणहरू, धुलो, एलर्जीहरू र केही ब्याक्टेरिया र भाइरसहरू लगायतका प्रदूषकहरूलाई हटाउँछ । माइडिया एयर प्युरिफायरमा ५ लेयर फिल्टरहरूको कम्बिनेसन रहेको छ प्रि-फिल्टर, एक्टीभेटेड, कार्बन फिल्टर, हेपा फिल्टर, एन्टी ब्याक्टेरियल फिल्टर, नाइलन मेस फिल्टर रहेका छन्।

यसमा रहेको साइलेन्ट मोडले ध्वनि प्रदूषणविना काम गर्छ। ऊर्जा दक्षताका लागि डिजाइन गरिएको, माइडिया एयर प्युरिफायरहरूले निरन्तर स्वच्छ हावा सुनिश्चित गर्दै बिजुलीको बिलहरू बचत गर्न मद्दत गर्ने कम्पनीको दाबी छ।

साथै माइडिया एयर प्युरिफायरले अटोमेटिक पोलुसन लेवल डिटेक्टगरेर अवास्क्यता आनुसार आफ्नो कार्यक्षमता पनि परिवर्तन गर्ने कम्पनीले जनाएको छ।

समूहको सीजी इलेक्ट्रोनिक्सले माइडिया ब्रान्डका  वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान (पंखा) जस्ता विभिन्न  अपलाइन्स नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .