ad ad

कारोबार


सिभिल मलमा ‘चिया अड्डा’को छैटौँ आउटलेट

सिभिल मलमा ‘चिया अड्डा’को छैटौँ आउटलेट

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १४:२१, काठमाडौँ

चिया-चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारास्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ। 

उद्यमी संजोग कोइरालाले सन् १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हालसम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यकाबाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ। 

सिभिलमलमा मनोरम वातावरण(एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन्। 

विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कल्चरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवातदेखि नै लागिरहेको उनको भनाइ छ।

नेपालमा चिया संस्कृतिको प्रवर्धनमा अग्रणी रहेको चिया अड्डाका आउटलेटहरुमा सधैंजसो चिया पारखीहरुको भीड लाग्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .