कारोबार


चिरायु अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

चिरायु अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १३:२४, काठमाडौँ

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिमा विशेष छुट पाउने भएका छन्। 

उक्त अस्पताल काठमाडौंको वसुन्धरामा छ। अस्पताल र बैंकबीच भएको सम्झौताअनुसार उक्त छुट पाइने भएको हो। 

सम्झौतामा अस्पतालका निर्देशक सञ्जीव राजभण्डारी र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले हस्ताक्षर गरेका छन्। 

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक चिरायु अस्पतालमा पेस गर्नुपर्नेछ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित चिरायु नेसनल हस्पिटलले केही दशकदेखि निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ।

अस्पतालमा एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार उपलब्ध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad