कारोबार


राकुराले ल्यायो ‘म्याजिक नट’ टि-ब्याग, मूल्य कति?

राकुराले ल्यायो ‘म्याजिक नट’ टि-ब्याग, मूल्य कति?

नेपालखबर
असार २४, २०८१ सोमबार १२:३८, काठमाडौँ

राकुराले आज आफ्नो ५ दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनरेसन चिया उत्पादनहरू लन्च गरेको छ। 

राकुराले आफ्नो 'म्याजिक नट' टि-ब्याग सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यो विश्वकै पहिलोमध्ये एक अत्याधुनिक 'ट्यान्डेम एयर-नटेड' प्रविधि प्रयोग गरेर बनाइएको छ। यो नयाँ गैर-ताप सिल (नन् हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लु मुक्त टि-ब्याग हुनेछ। 

उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज (जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानीकारक पदार्थहरू छैनन्) ले नयाँ उत्पादनलाई उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्दछ र विश्वकै पहिलो ओकेसीओएमपीओएसटी प्रमाणित, घरमै कम्पोस्ट गर्न मिल्ने चियाको थैली बनाउँछ।  

म्याजिक नट चियाको थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागो जस्ता नवीनताहरू पनि समावेश छन्- जसले गैर-जीएमओ कपास र हानिकारक रसायनहरू नभएको सुनिश्चित गर्दछ, साथै अपडेट गरिएको इजी-होल्ड ट्यागहरू समात्न बढी आरामदायक छन् र फुड ग्रेड कागज र मसीबाट बनेका छन्।   

चिया उद्योगमा ५ दशकभन्दा बढीको अनुभवमा आधारित, राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियाहरुलाई विश्वकै पहिलोमध्ये एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजनहरू मात्र हुने पनि घोषणा गरेको छ।

कम्पनीले २१ नयाँ प्रकारका चियाहरू पनि उत्पादन गरेको छ साथै आफ्नो मौजुदा चियाहरू र मिश्रणहरूमा सुधार गरेको छ, जुन विश्वकै सबैभन्दा ठूलो चियाको कलेक्सनमध्ये एक हुनेछ। 

राकुराको टि-ब्यागहरू अब ताजा प्याकहरूमा आउनेछन्- अलग रुपमा बेरिएको, वातावरण मैत्री र खाद्य सुरक्षित फोइल कागजका खामहरू र एफएससी प्रमाणित दिगो स्रोत प्याकेजिङमा प्याक गरिनेछ, जसले यसलाई यस्तो प्रविधि प्रयोग गर्ने विश्वकै पहिलो चिया कम्पनीहरूमध्ये एक बनाउँछ।

राकुरा अब विश्वका पहिलो खाद्य कम्पनीहरूमध्ये एक बनेको छ जसले जीवाणु र एलर्जेन मुक्त चिया-ब्यागिङ सुविधा दिनका लागि जलवायु-नियन्त्रित अवस्थाअन्तर्गत क्लिन-रूम प्रोटोकलहरू पालना गर्दछ। आफ्नो नेक्स्ट जेनेरेशन ब्लु प्रिन्टको लन्चसँगै, राकुराले सन् २०३० सम्म वा सोभन्दा चाँडै कार्बन र प्लास्टिक तटस्थ बन्ने प्रतिबद्धता पनि जनाएको छ र आफ्नो सापेक्ष ऊर्जा र प्लास्टिक प्रयोग घटाउने प्रक्रिया सुरु गरिसकेको छ।

‘हामीले नेपालको चिया उद्योगको लागि सधैँ नयाँ आयाम खोल्ने इतिहास राखेका छौँ र फेरि पनि नेपालको चियाको लागि नयाँ युगको सुरुवात गरेका छौँ’, राकुराका प्रबन्धनिर्देशक नीराज राठीले भने, ‘हामीले ड्रइङ बोर्डमा फर्केर, पछिल्ला केही वर्षमा हाम्रो उत्पादन लाइनका हरेक कुराहरुलाई नियालेका छौं र हामीले विश्वमा सर्वोत्तम कसरी दिन सक्छौं भनेर अनुसन्धान गरेका छौँ। हामी हाम्रो नयाँ पुस्ताका उत्पादनहरूलाई विश्वकै सबैभन्दा स्वस्थ र वातावरणमैत्री भनेर भन्दै छौँ किनभने विश्वमा अरू कुनै चिया उत्पादन छैन जसमा एकै प्याकमा हाम्रा उत्पादनमा भएका सबै नवीनताहरू छन्।’

आफ्नो नयाँ पिडीका उत्पादनहरूबाट सुरु गरेर, सबै राकुरा उत्पादनहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन गरिएका छन्। राकुरा टि-ब्यागहरू अब छुट्टा छुट्टै रूपमा यसको ताजा प्याकहरूमा बेरिएर आउने कम्पनीले जनाएको छ। 

राकुरा नेक्स्ट जेनेरेशन चियाको थैलीहरू क्लासिक, प्रिमियम, प्राकृतिक चिया र जडीबुटी इन्फ्युजन्स साथै सेलेक्सन श्रेणीहरूमा उपलब्ध हुनेछ, जसको मूल्य भेरियन्टको आधारमा प्रति प्याकेट १७९ रुपैयाँदेखि २७९ रुपैयाँसम्म हुनेछ।

यी चियाहरू आउँदो हप्तादेखि काठमाडौंका सबै प्रमुख पसलहरू, मार्टहरू र सुपरमार्केटहरूमा खरिदको लागि उपलब्ध हुनेछन् र एक महिनाभित्र देशभर उपलब्ध हुन्छ। अनलाइन उपलब्धता आउँदो महिनाहरूमा सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad