लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।
बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नेछन्।
सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको हो।
साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटीएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन्।
Shares

प्रतिक्रिया