७७ जिल्लाको ७५३ वटै स्थानीय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको इसेवाले इसेवा होटल्स सुरु गरेको छ।
सन् २००९ मा स्थापना भएको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहन गर्न र पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउन यो नयाँ सेवा सुरु गरेको जनाएको छ।
योसँगै अब इसेवा होटल्सबाट डिजिटल रुपमै प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् । नेपालको ५४ बढी जिल्लाहरुका प्रमुख सहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिनेछ।
सहरी क्षेत्रमा रहेका तारे होटलहरुदेखि ग्रामीण भेगका होम स्टेसम्म बुक गर्न सकिने कम्पनीको दाबी छ। इसेवा होटल्समा करिब ३५०० भन्दा बढी होटलहरु रहेका छन्।
प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेबसाइटबाट बुक गर्न सक्ने इसेवाले जनाएको छ। इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि सहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकताअनुसार बुकिङ रद्द गर्न सकिने समेत व्यवस्था छ।
Shares

प्रतिक्रिया