कारोबार


लक्ष्मी ग्रुपको ५१औँ वार्षिकोत्सव

लक्ष्मी ग्रुपको ५१औँ वार्षिकोत्सव

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १३:२५, काठमाडौँ

लक्ष्मी ग्रुपले आफ्नो ५१औँ वार्षिकोत्सव मनाएको छ।

ग्रुपले आफूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रवार आफ्नो ५१औँ वार्षिकोत्सव सम्पन्न गरेको हो।

ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ।

त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्‍यो। जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए।

लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको छ।

सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रुपमा मिठाइ उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेसलगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad