फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपमार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १०० प्रतिशत क्यासब्याक जित्ने अवसर प्रदान गर्न अभियान सुरु गरेको छ।
यसअन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बिमा प्रिमियम तिर्दा १०० प्रतिशत क्यासब्याक (रु. १५,००० सम्म) प्राप्त गर्ने छन्।
यो अभियान माघ ३० (फेब्रुअरी १२, २०२५) सम्म चल्नेछ, जसले ग्राहकहरूलाई बीमा प्रीमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्दछ।
सहभागी हुनको लागि ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बिमा प्रिमियम तिर्नुपर्छ।
सफल भुक्तानीपछि उनीहरू स्वतः लकी ड्रको लागि योग्य हुनेछन् र १०० प्रतिशत क्यासब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
सहभागी कसरी हुने?
१. आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्
२. "फोनपे बिल्स" वा "अनलाइन भुक्तानी" सेक्सनमा जानुहोस्
३. उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये "बीमा" विकल्प छान्नुहोस्
४. आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्
५. भुक्तानी पुष्टि गर्नुहोस्
भुक्तानी सफल भएपछि १०० प्रतिशत क्यासब्याक जित्ने लकी ड्रको लागि योग्य भइनेछ।
फोनपे बिल्स फोनपेको एक सेवा हो जसको माध्यमले ग्राहकहरूले बिजुली, पानी, टिभी, इन्टरनेट, ईएमआई, सरकारी राजश्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाहरूको बिल आफ्नो मोबाइल बैंकिङ एपबाट केही क्लिकमा तिर्न सक्छन्।
Shares

प्रतिक्रिया