कारोबार


एलजीको नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

एलजीको नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८१ मंगलबार १३:२५, काठमाडौँ

गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै एलजीले ग्राहकहरुलाई विशेष सेवा प्रदान गर्न नि:शुल्क एसी सर्भिस क्याम्प सञ्चालन गरेको छ।

एलजीले यही फागुन  २० गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकहरुलाई लक्षित गरी क्याम्प आयोजना गरेको हो। 

यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीमा विगतभन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्ने कम्पनीले जनाएको छ।

ग्राहकहरुले यो वेबसाइटमा गई आफ्नो पुरानो एसीको मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ। 

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेजमार्फत आफ्नो विवरण रजिस्टर गराउनुपर्नेछ। त्यसपछि एलजीका टेक्निसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन्।

यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टसमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी. खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ। 

साथै ग्राहकले नयाँ एसीमा ४ हजार रुपैयाँबराबरको फ्री इन्स्टलेसन पनि पाउनेछन्। यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरुले २ वटा निःशुल्क सेवा कुपन पाउनेछन्, जसको मूल्य ३ हजार रुपैयाँसम्म हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad