कारोबार


मुस्ताङको घरपझोङ्गमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुस्ताङको घरपझोङ्गमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालखबर
चैत ३, २०८१ आइतबार १४:५८, काठमाडौँ

प्रभु बैंकको गण्डकी प्रदेश शाखाले घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरेको बैंकले जनाएको छ। 

यसले सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्न मद्दत मिल्ने बैंकको भनाइ छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट व्यक्तिहरू र १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad