कारोबार


डिशहोमको १जीबीपीएस इन्टरनेट योजना

डिशहोमको १जीबीपीएस इन्टरनेट योजना

नेपालखबर
चैत ८, २०८१ शुक्रबार १७:४४, काठमाडौँ

डिशहोम इन्टरनेटले नेपालका इन्टरनेट प्रयोगकर्ताहरूका लागि १जीबीपीएस  गतिको नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

डिशहोम एलाइट इन्टरनेट योजनाअन्तर्गत १जीबीपीएस 'अल्ट्राम्याक्स' नाम दिइएको यो प्याकेज उच्च-ब्यान्डविड्थ प्रयोगकर्ताहरू, विशेष गरी बहु-उपकरण प्रयोगकर्ताहरू, स्ट्रिमिङ, भिडियो कन्फरेन्स, अनलाइन गेमिङ तथा मल्टिडिभाइस कनेक्टिभिटीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

प्रविधिको तीव्र विकाससँगै, उच्च गतिको इन्टरनेट अब लक्जरी होइन, दैनिक आवश्यकता बनिसकेको छ। नेपालकै पहिलो वाइफाइ ६ प्राइमरी राउटरमार्फत स्मार्ट होम, आईओटी उपकरणहरू र उच्च ब्यान्डविथको इन्टरनेट चलाउनको लागी अल्ट्राम्याक्स १जी प्याकेज उपयुक्त हुने कम्पनीले विश्वास लिएको छ ।

अल्ट्राम्याक्स प्याकेजका फाइदाहरुमा नेपालकै पहिलो वाइफाइ६ प्राइमरी राउटर, ग्राहकहरूको सुरक्षालाई प्राथमिकतामा राखी ५ लाख रुपैयाँको जीवन बीमा योजना  र गिगाहोम मेस नड वाइफाइ एक्सटेन्डर पनि प्याकेजसँगै सित्तैमा उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ।

वाइफाइ ६ गिगाबिट राउटर (८०२.११एएक्स) अन्य पुराना राउटरभन्दा द्रुत रहेको कम्पनीको दाबी छ। वाइफाइ ६ राउटरका अन्य प्रमुख विशेषताहरूमा ठूला फाइलहरू छिटो डाउनलोड गर्न, आईपीटीभी अल्ट्रा फोरके भिडिओ र भीआर सपोर्ट, अनलाइन गेमिङ र फोरके/८के भिडियो स्ट्रिम गर्नको लागि यो उपयुक्त रहेको छ।

त्यसैगरी धेरै उपकरणहरू (६४ उपकरणसम्म )लाई एकै समयमा कनेक्ट गर्न मिल्ने घर तथा कार्यालयका लागि यो उत्कृष्ट छ भने पेरिन्टल कन्ट्रोल र सुरक्षित इन्टरनेट पहुँचले नेटवर्कलाई अधिक सुरक्षित बनाउँछ। यो राउटर आईओटी फ्रेन्डली समेत छ। यसले स्मार्ट घरहरूमा प्रयोग हुने धेरै आईओटी उपकरणहरू (जस्तै स्मार्ट लाइट, सिक्युरिटी क्यामेरा, र स्मार्ट स्पिकरहरू) लाई एकैसाथ जडान गर्न सहज बनाउने कम्पनीको भनाइ छ।

उच्च गति, कम लेटेन्सी, र धेरै उपकरणहरूलाई सहजै जडान गर्ने क्षमता चाहने ग्राहकहरुको लागि यो राउटर लागि यो उत्तम विकल्प हो। यसले इन्टरनेट गति बढाउनको साथै नेटवर्कलाई सुरक्षित समेत बनाउँदछ । डिशहोमको अल्ट्राम्याक्स योजना अन्तर्गत उच्च गतिको इन्टरनेट सेवाले प्रयोगकर्ताहरूलाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad