डाबर नेपाल प्राइभेट लिमिटेडले अघिल्लो वर्षको तुलनामा गत वर्ष सञ्चालन आम्दानी साढे २ अर्ब रुपैयाँले बढाएको छ।
सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख सञ्चालन आय गरेको बहुराष्ट्रिय कम्पनीले गत वर्ष (सन् २०२४) मा बढाएर १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ पु¥याएको हो।
कम्पनीको ब्याज, भाडा, अवमूल्यन र करअघिको नाफा समेत १६.९७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो नाफा १३.८८ प्रतिशत थियो।
डाबर इन्डिया लिमिटेडको सहायक कम्पनी डाबर इन्टरनेशनल लिमिटेडको ९७.५० प्रतिशत सेयर रहेको कम्पनीको नेपालमा बलियो वितरण सञ्जाल छ। नेपालभर कम्पनीका १ लाख खुद्रा विन्दु र ३०० वितरक छन्। कम्पनीले नेपालमा स्वस्थ्यसेवा, व्यक्तिगत हेरचाह र खाद्य क्षेत्रमा आफ्नो पोर्टफोलियो विस्तार गरेको छ।
वर्षगत रुपमा कम्पनीले सञ्चालन आयमा १८ प्रतिशत र निर्यात बिक्रीमा २९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। कम्पनीको घरेलु बिक्री वृद्धिदर समेत ५.५ प्रतिशत छ। केही वस्तुमा भएको मूल्य वृद्धिले यसको करअघिको नाफा मार्जिन समेत सुधार भएर १७ प्रतिशत पुगेको छ। अघिल्ला वर्षहरुमा यस्तो नाफा मार्जिन १३/१४ प्रतिशत रहँदै आएको थियो।
कम्पनीले स्थानीय र अन्तर्राष्ट्रिय रुपमा स्थापित ब्रान्डहरु डाबर, रियल, हाजमोलामा बिक्री गर्दै आएको छ। विशेषगरी आयुर्वेदिक र हर्बल सेग्मेन्टमा यो ब्रान्ड चर्चित छ। यसले गर्दा कम्पनीको बजार अवस्था बलियो रहँदै आएको छ। रियल ब्रान्डमा कम्पनीले ४० प्रकारका जुसको बिक्री गर्दै आएको छ।
गत वर्ष कम्पनीको निर्यात बिक्री २९ प्रतिशतले बढेर १० अर्ब ९८ करोड ५० लाख रुपैयाँ पुगेको थियो। त्यसअघि ७.२१ प्रतिशतले निर्यात बिक्री बढेको थियो। आर्थिक वर्ष द्द०२१ र २०२४ को बीचमा कम्पनीको कुल आय ६० देखि ६४ प्रतिशतले संकलन भएको छ।
डाबर नेपालले ७० प्रतिशत आम्दानी खाद्यवस्तुको बिक्रीबाट संकलन गर्छ।
Shares

प्रतिक्रिया