कारोबार


एभरेष्ट बैंकले मनायो ग्लोबल मनी विक

एभरेष्ट बैंकले मनायो ग्लोबल मनी विक

नेपालखबर
चैत १२, २०८१ मंगलबार ११:३५, काठमाडौँ

नेपाल राष्ट बैंकको संयोजनमा विगत वर्षहरुजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले पनि ग्लोबल मनी विक मनाएको छ।

यही चैत ४ देखि सप्ताहव्यापी अभियानअन्तर्गत बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको हो। 

उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजारभन्दा बढी विद्यार्थीहरुबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ। 

कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवासम्बन्धी जानकारी गराइएको बैंकले उल्लेख गरेको छ। 

यस सप्ताहमा बैंकले विभिन्न कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरmले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरेको थियो।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख बढी ग्राहक छन्। देशैभर बैंकका १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन्। 

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ।

बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad