कारोबार


एनआईसी एसिया बैंकको एटीएमबाट एटीएम कार्डविनै इसेवा वालेटको रकम निकाल्न सकिने

एनआईसी एसिया बैंकको एटीएमबाट एटीएम कार्डविनै इसेवा वालेटको रकम निकाल्न सकिने

नेपालखबर
चैत २०, २०८१ बुधबार १२:६, काठमाडौँ

एनआईसी एसिया बैंकले मुलुकभरका बैंक एटीएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटीएम कार्डविना नै निकाल्न मिल्ने सेवा सुरु गरेको छ। 

आफ्ना ग्राहक तथा इसेवा वालेट प्रयोगकर्तालाई बैंकिङ्ग कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले यो सुविधा ल्याएको बैंकले जनाएको छ। 

मुलकभर बैंकका ६७० एटीएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झटविनै सामान्य प्रक्रियाबाट निकाल्न सकिन्छ।

यसको निम्ति सबैभन्दा पहिला इसेवा एप लगइन गरेर वित्तीय भुक्तानीहरुअन्तर्गत रहेको एटीएम विथड्रलमा एनआईसी एसिया बैंक छनौट गर्नुपर्छ। अब दिएको निर्देशनअनुसार १०००, २०००, ३०००, ४००० र ५००० रुपैयाँ छनौट गर्दै रिमार्क्स राखेर अगाडि बढ्नुपर्छ। 

त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ। अब एनआईसी एसिया बैंकको एटीएममा रहेको कार्डलेस विथड्रल अप्सनमा गएर अदर कार्डलेस र त्यसपछि इसेवा छनौट गर्नुपर्छ। 

यसअघि मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ। 

हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad