कारोबार


नेपाल लाइफ इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनी अवार्ड

नेपाल लाइफ इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनी अवार्ड

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १४:३९, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सत्रौँ कर्पोरेट बिजनेस अवाड्र्स २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर २०२५’ अवार्ड पाएको छ। 

यस अवार्डका लागि मनोनीत लाइफ इन्स्योरेन्स कम्पनीमध्ये नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो। 

काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका थिए। 

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन दावी भुक्तानीको अनुपात,चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरु, स्वचालित र डिजिटल रुपान्तरणको क्षेत्रमा गरिएका  कार्यहरु, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मूल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad