निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेस अवार्ड, २०२५’ बाट सम्मानित भएको छ।
कम्पनीले बिहीबार यो सम्मान बहुराष्ट्रिय कम्पनीको विधामा ‘मल्टिनेशनल कम्पनी अफ द इयर’का रुपमा पाएको हो।
रक्षामन्त्री मानवीर राई, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य महासंघकी भुतपुर्व अध्यक्ष भवानी राणा, कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले संयुक्तरुपमा यो अवार्ड एनसेललाई प्रदान गरेका थिए। एनसेलका तर्फबाट कम्पनीकी मार्केटिङ, कम्युनिकेशन एन्ड सेस्टेनिविलिटी डाईरेक्टर पुनम सिंहले यो अवार्ड ग्रहण गरेकी थिइन्।
एनसेल देशमा सञ्चार तथा सूचना प्रविधिको विकासमा ठूलो भूमिका खेल्दै विगत २ दशक देखि अत्यावश्यक दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनी हो र सबैभन्दा धेरै कर तिर्ने ठूला करदातामध्ये पनि एक हो। स्थापना कालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीले कर र शुल्कबापत ३ खर्ब २० अर्बभन्दा बढी योगदान गरिसकेको छ।
त्यसैगरी कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रहरूमा केन्द्रित रही आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरिसकेको छ, जसले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग पुर्याएको छ।
कर्पोरेट मिडिया ग्रुपको १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ को समारोहमा यो सम्मान एनसेललाई प्रदान गरिएको हो । गु्रपले आफ्नो कर्पोरेट म्यागजिनको १७औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट बिजनेश अवार्ड प्रदान गर्दै विभिन्न उद्योग व्यवसाय क्षेत्रका प्रतिष्ठित संघसंस्था तथा व्यक्ति–व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
Shares

प्रतिक्रिया