कारोबार


स्मार्ट च्वाइस टेक्नोलोजिजले पायो पीसीआई डीएसएस ४.०.१ प्रमाणीकरण

स्मार्ट च्वाइस टेक्नोलोजिजले पायो पीसीआई डीएसएस ४.०.१ प्रमाणीकरण

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १३:०, काठमाडौँ

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड पेमेन्ट कार्ड इन्डस्ट्री–डेटा सेक्युरिटी स्ट्यान्डर्ड्स (पीसीआई–डीएसएस) भी.४.०.१ बाट प्रमाणित भएको छ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले हालसालै पीसीआई डीएसएस ४.०.१ को प्रमाणीकरण प्राप्त गरेको हो। जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिने कम्पनीको भनाइ छ।

पीसीआई डीएसएस एक अन्तर्राष्ट्रियस्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो। यस मापदण्डअन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनाधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्‍याउँछ। 

कम्पनीका अनुसार कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि पीसीआई डीएसएसजस्तो प्रमाणीकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो। किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचनाहरू उच्चस्तरको सुरक्षाअनुरूप सञ्चालन भइरहेका छन् भन्ने कुरा प्रमाणित गर्दछ।

एससीटीजस्तो संस्थाले यस्तो प्रमाणीकरण प्राप्त गर्नु ग्राहकहरूको विश्वास जित्न, डिजिटल भुक्तानी सेवामा पारदर्शिता ल्याउन तथा साइबर जोखिमहरू न्यून पार्न अत्यन्त प्रभावकारी हुन्छ।

पीसीआई डीएसएस ४.०.१ को पालना गर्नुले एससीटीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित डिजिटल भुक्तानी पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न सक्षम बनाउँछ, जसले कम्पनीको दीर्घकालीन विकास र विश्वसनीयता थप सुदृढ बनाउँछ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसंग सम्बन्धित संवेदनशील सुचनाको प्रत्याभूति गर्न कार्डको प्रकृतिअनुसार पीसीआई डीएसएसजस्ता अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरे अनुरुप यस संस्था पीसीआई डीएसएस प्रमाणित हुँदै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad