वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको छड्केमा ८ कम्पनी परेका छन्।
विभागले मंगलबार रमेश कर्पअन्तर्गतको कजरिया रमेश टायल्स लिमिटेडसहित ८ कम्पनीमा अनुगमन गरेको हो।
सो क्रममा काठमाडौं महानगर ३२ मा रहेको कजरिया रमेश टायल्सलाई २ लाख ८५ हजार नगद जरिवाना गरेको छ भने कारोबार रोक्का राखेको विभागले उल्लेख गरेको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ)को कसुर र सोही ऐनको दफा ३९ को १ (ख)बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।
त्यसैगरी विभागले ललितपुर २० मा रहेको न्यु विआर इन्टरप्राइजेजलाई पनि विभागले २० हजार जरिवाना गरेको छ। उक्त ऐनको दफा ३८ (ङ) कै कसुर र दफा ३९ को १ (ङ)अनुसार कारबाही गरिएको हो।
यसबाहेक काठमाडौं महानगर ६ मा रहेको सान्बी एन्ड रिंकु हार्डवेयरलाई विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। सोही ऐनको ३८ (ट) र ३९ को १ (घ)अनुसार कम्पनी कारबाहीमा परेको हो।
गोकर्णेश्वर ५ मा रहेको एनए सप्लायर्सलाई पनि विभागले २० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ। कम्पनीलाई सोही ऐनको दफा ३८ (घ) को कसुर र दफा ३९ को १ (क)बमोजिम कारबाही गरिएको हो।
त्यसैगरी विभागले अरु ३ कम्पनीलाई कागजातसहित विभागमा ३ दिनभित्र उपस्थित हुन भनेको छ। ती कम्पनीमा कामनपा ९ को न्यु विष्ट कस्मेटिक एन्ड ब्युटिपार्लर, बूढानीलकण्ठ नगरपालिका १० को माई बेकरी हाउस र कामनपा ३२ मा रहेको कोशल ट्रेड रहेका छन्।
बाँकी एक कम्पनीलाई भने सामान्य निर्देशन दिइएको छ। विभागका अनुसार बूढानीलकण्ठ १० मा रहेको एएसआर लिकर्स सपलाई सामान्य सचेत गराइएको हो।
विभागको आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षण शाखाले उक्त उद्योगहरुको अनुगमन गरेको हो।
Shares

प्रतिक्रिया