भारतको स्मार्ट स्टोरेज मार्केटप्लेस एराटिक्सले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ।
नेपाली प्रयोगकर्ताहरूले अस्थायी भण्डारण, पुन: स्थानान्तरण, डेलिभरी तथा अन्य लजिस्टिक सेवाहरु घरै बसी बसी डिजिटल प्लेटफर्ममार्फत प्राप्त गर्न सक्ने भएका हुन्।
एराटिक्सले सामान भण्डारण, लगेज स्टोरेज, अर्डर फुलफिल्मेन्ट, पुनरस्थातरण जस्ता सेवाहरु अब सर्वसुलभ, सहज, तथा प्रयोगकर्तामैत्री रुपमा नेपालमा सुचारु गर्ने एराटिक्सका संस्थापक आदित्य कालेले जानकारी दिए।
समुद्री इन्जिनियरसमेत रहेका कालेले १२ वर्षभन्दा बढी लजिस्टिक्स तथा आपूर्ति सेवामा अनुभव बटुलेका छन्।
काले नेपालका सहरी क्षेत्रहरूमा एराटिक्सले ल्याउने सम्भावित परिवर्तनको बारेमा बताएका थिए।
‘भारतीय उपमहाद्वीपमा स्टोरेज अर्थात भण्डारण एक प्रमूख समस्या हो, यही समस्याहरुलाई मध्यनजर गर्दै हामीले एराटिक्स सुरु गरेका हौं ,’ उनले भने,‘अहिले हाम्रो सेवा काठमाडौँमा मात्र सीमित भए पनि भविष्यमा पोखरा र बीरगञ्जञ्जस्ता मूख्य सहरहरूमा यो सेवा विस्तार गर्ने योजना छ।’
उनले प्रविधिको प्रयोगद्वारा स्टोरेज खोज्ने र दिने पक्षहरुलाई जोड्ने माध्यम बन्ने एराटिक्सको प्रतिबद्धता दोहोर्याए। यसले घरधनीहरूका लागि आर्थिक अवसर र उपभोक्ताहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्ने उनको भनाइ छ।

प्रतिक्रिया