कारोबार


४६ करोड ८० लाखबराबरको बोनस सेयर बाँड्दै हिमालयन रि

४६ करोड ८० लाखबराबरको बोनस सेयर बाँड्दै हिमालयन रि

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार ११:४४, काठमाडौँ

हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई दिने लाभांशसम्बन्धी निर्णय गरेको छ। 

२२ गते बेलुका बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशतले हुन आउने रकमबराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको रकम नगद बाँड्ने प्रस्तावसम्बन्धी निर्णय गरेको हो। 

यसअनुसार ४६ करोड ८० लाखबराबरको बोनस सेयर र २ करोड ४६ लाख ३१ हजार ५ सय ७८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको हो। 

यो प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गरिसकेपछि कम्पनीको वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। त्यसपछि मात्र सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad