लामिनार टायल्सले काठमाडौंमा एस्क्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टर सुरु गरेको छ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले औपचारिक उद्घाटन गरेसँगै शोरुम सञ्चालनमा आएको हो।
शतप्रतिशत भिट्रिफाइड टायल उत्पादन गरेको लामिनारले नयाँ घर बनाउन वा घरको पुनर्निर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इन्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुचि र सरोकार राख्ने जोसुकैको लागि उक्त सेन्टरको खुल्ला भएको कम्पनीले जनाएको छ।
कम्पनीले सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी डिजाइनहरूलाई प्रदर्शित गर्न चार हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सेन्टर खुलेको छ।
सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने गुणयुक्त पूर्णतया भिट्रिफाइड टायलहरुलाई प्रदर्शनीमा राखिएका छन्।
‘यो सेन्टर परम्परागत शोरूमभन्दा फरक छ जसलाई डिजाइन प्रेरणाको गन्तव्य र नेपालकै नवप्रवर्तनको अभूतपूर्व प्रमाणको रुपमा लिन सकिन्छ’, कम्पनीले भनेको छ।
लुम्बिनी सेरामिक्स् लिमिटेडद्वारा उत्पादित लामिनार टायल्स बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ बिघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ। यसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिटभन्दा बढी छ।
Shares

प्रतिक्रिया