एनसेलले आफ्नो साप्ताहिक फ्ल्यास सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ।
यो अफर शनिबार (जेठ ३)बाट सुरु भई हरेक शनिबार जेठ ३१ गतेसम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ।
शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरुले विभिन्न चार वटा प्याकहरु किन्दा विना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड यूट्युव पाउँछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन।
फ्ल्यास सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन् ।
यस अफरअन्तर्गत ग्राहकले करसहित १ सय ५० रुपैयाँमा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन्।

यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउँछन् । त्यसैगरी कर सहित रु २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन्।
ग्राहकले औधी रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन्। ५ सय ९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन्।
अर्को ७ सय ९९ रुपैयाँको होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउँछन् र साथै २४ घण्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउँछन्।
यो फ्ल्यास सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधासहित आउने यी प्याकहरूले ग्राहकहरुलाई थप फाइदा प्रदान गर्दछ।
Shares

प्रतिक्रिया