कोशी


कोसीमा घर निर्माण महोत्सव हुने

कोसीमा घर निर्माण महोत्सव हुने

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १९:२२, सुनसरी

पूर्वी नेपालमै पहिलो पटक घर निर्माण महोत्सव हुने भएको छ। नयाँ घर निर्माण तथा पुराना घरहरूको मर्मत सम्भारको लागि आवश्यक सीप, प्रविधि लगायतको बारेमा सचेतना जगाउने उद्देश्यले घर निर्माण महोत्सव हुन लागेको हो।

सुनसरीको इटहरीमा शनिवार हुने महोत्सवमा घर बनाउनु अघि र घर निर्माण पछि अपनाउनुपर्ने विभिन्न प्राविधिक तथा सैद्धान्तिक पक्षका बारेमा जानकारी गराइने आयोजकले जनाएको छ। 

घर निर्माण सम्बन्धी परामर्श दिँदै आएको स्किल सेवाले शुक्रवार पत्रकार सम्मेलन गरी महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, बास्तुकलाबिद, उद्यमी र विद्यार्थी गरी २ हजार ५ सय जनाको सहभागिता रहने जानकारी दिएको छ।

महोत्सवले घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावापानीको उचित प्रयोग र गुणस्तरीय बिचारहरूलाई प्रस्तुत गर्नुका साथै त्यस्ता बिचारहरूबाट लगानी जुटाउने अवसर समेत प्रदान गर्ने जनाएको छ।

स्किल सेवाका पूर्वी नेपाल शाखा प्रमुख सुगन्ध मिश्रले पूर्वका प्रमुख सहरहरू धरान, विराटनगर, इटहरी, दमक लगायतका ठाउँहरूमा घर निर्माणकर्ताको कमी र घर धनीहरूलाई प्राविधिक ज्ञान नहुँदा विभिन्न समस्या देखा पर्ने हुँदा त्यसैलाई लक्षित गरी महोत्सव आयोजन गर्न लागिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad